नेपाल - चिन सिमानामा ७ म्याग्निच्युडको भूकम्प

मंगलबार, पुस २३, २०८१

आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल चीन सीमाना तिप्बतको दिङ्ग्ये काउन्टीमा रहेको पुष्टि भएको छ ।

खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको विभागले जनाएको छ । त्यसले नेपालका प्राय ठाउँमा धक्का दिएको छ । तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको हो । 

भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । स्थानीय प्रशासनले विवरण स‌ंकलनको काम गरिरहेका छन् ।  उच्च म्याग्निच्युडका कारण ठुलो क्षतिको सम्भावना रहेकोले स्थानीय प्रशासनले प्रभावित क्षेत्रका नागरिकहरूलाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  ०७:५३
प्रतिक्रिया दिनुहोस्