आठबिसकोटको भल्ममा एक पुरुषको शव फेला

बुधबार, पुस २४, २०८१

रुकुम पश्चिममा एक व्यक्तिको शव फेला परेको छ । 

बुधबार बिहान आठबिसकोट नगरपालिका १३ भल्ल गाउँ नजिक ठुली भेरी नदि छेउमा एक पुरुषको शव फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार नदि छेउमा शव रहेको सूचना पश्चात प्रहरी टोली घटनास्थल पुगेको छ । शवको पहिचान भने हुन सकेको छैन । शरिरमा कपडा नभएको अवस्थामा पुरुषको शव भेटिएको उहाँले जनाउनुभयो । 

प्रहरीले स्थलगत घटनास्थल मुचुल्का तयार गरेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले ल्याउने तयारी गरेको बुझिएको छ । 

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १०:४४
प्रतिक्रिया दिनुहोस्