क्रिकेट सिक्नलाई बराहटाकुरामा जाली निर्माण

बुधबार, पुस २४, २०८१

क्रिकेट खेलप्रति आकर्षण बढ्दै गएपछि रुकुम पश्चिममा क्रिकेट सिक्नको लागि जाली निर्माण गरिएको छ । जिल्ला क्रिकेट संघले मुसिकोट नगरपालिका –१ बराहटाकुरामा जाली निर्माण गरेको हो ।

जिल्लामा क्रिकेट खेलाडी उत्पादन गर्ने उद्धेश्यका साथ अभ्यासका लागि जाली तयार गरिएको संघका जिल्ला सचिव मनिष खड्काले जानकारी दिनुभयो । क्रिकेटका लागि जिल्लामा ठुला खेलकुद मैदान नभएकोले क्रिकेट सिक्न समस्या भएपछि प्राक्टिस नेट तयार पारिएको उहाँले बताउनुभयो ।

करिब दुई लाख रकम खर्चिएर जाली राखिएको सचिव खड्काले बताउनुभयो । उहाँका अनुसार जिल्ला क्रिकेट संघ, मुसीकोट नगरपालिका, विभिन्न संस्था तथा व्यक्तिहरूको सहयोगमा जाली तयार पारिएको हो । 

ढलान गरेर पिच निर्माण गरिएको छ भने वरिपरि फलामका पोल गाडेर जाली राखिएको छ । प्राक्टिस नेट निर्माण गरिएसँगै खेल्न सुरु भइसकेको छ भने केही मात्रामा नेट राख्न बाँकी रहेको कर्णाली प्रादेशिक क्रिकेट संघका सदस्य समेत रहनुभएका लेभल वान प्रशिक्षक कुलप्रसाद ओलीले जानकारी दिनुभयो । 

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  ११:३७
प्रतिक्रिया दिनुहोस्