Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

असहाय बालकलाई पढाई खर्च हस्तान्तरण

२०७८ कार्तिक ३०
tribeni2

रुकुम पश्चिम / बाबुको मृत्यु भएका र पढाई खर्च समेत जुटाउन नसक्ने अवस्थामा रुकुमका एक बालकलाई पढाई खर्च हस्तान्तरण गरिएको छ । रुकुम पश्चिमको सानिभेरी गाउँपालिका वडा नं ११ का रामबहादुर विकलाई सहायता फाउन्डेशन नेपालले सहयोग उपलब्ध गराएको हो ।

सोमबार रामबहादुरले अध्ययन गर्ने जनकल्याण माध्यमिक विद्यालय बाघखोरमा एक कार्यक्रम आयोजना गरेर सहायता फाउन्डेशन नेपालका अध्यक्ष सिर्जना ओलीको १० हजारको चेक हस्तान्तरण गर्नुभएको हो ।

कान्तिपूर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम हेर्ने कथामा उनको परिवारको कथा प्रसारण भएपछी झापा घर भई हाल टेक्सास अमेरिका रहनुहुने हरी सिटौलाले पढाई खर्च स्वरुप १० हजार सहायता फाउन्डेशनलाई पठाएपछी उक्त रकम विद्यालयलाई प्रदान गरिएको हो । उक्त रकमबाट रामबहादुरलाई आवश्यक पर्ने कापी कलम¸ पोसाक तथा परीक्षा शुल्कमा खर्च गर्ने जनकल्याण माविका प्रधानाध्यापक यज्ञबहादुर ओलीले बताउनुभयो ।

सहायता फाउन्डेशन नेपालका अध्यक्ष सिर्जना ओलीको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, समाजसेवी तथा राजनितिज्ञ भूपाल सिं ओली, जनकल्याण मावि बाघखोरका प्रधानाध्यापक यज्ञबहादुर ओली, विद्यालयका शिक्षकहरु, अभिभावक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । रकम हस्तान्तरण कार्यक्रमको संचालन फाउन्डेशनका उपाध्यक्ष नारायण ओलीले गर्नुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  ०७:११
प्रतिक्रिया दिनुहोस्