नेभिगेशन
राजनीति

रुकुम पूर्वको दलित पत्रकार संघमा निराजन

राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुकुम पूर्वको अध्यक्षमा निराजन सिर्पाली सर्वसम्मत चयन हुनुभएको छ ।

शुक्रबार सिस्ने गाउँपालिका–५ रुकुमकोटमा भएको राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुकुम पूर्वको प्रथम जिल्ला अधिवेशनबाट सिर्पालीको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति सर्वसम्मत चयन भएको हो ।

संघको उपाध्यक्षमा बालाराम शेर्पाली र शारदा सुनार, सचिवमा किस्मत शेर्पाली, सहसचिवमा सन्तोष बिक र कोषाध्यक्षमा विमला बिक सर्वसम्मत चयन हुनु भएको छ ।

त्यसैगरी सदस्यहरुमा मनिषा बिक, जमुना शेर्पाली, अञ्जना बिक, बबिता शेर्पाली, तेजेन्द्र शेर्पाली, सिर्जन रसाइली र भावना बिक चयन हुनु भएको छ ।

संघका निवर्तमान जिल्ला संयोजक निराजन सिर्पालीको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन सत्रमा जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघबहादुर श्रेष्ठ, भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठ, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक कुमारी बरालको लगायतको आतिथ्यता रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति