Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुगुको सदरमुकाममा भीषण आगलागी हुँदा २१ घर जलेर नष्ट

२०७८ कार्तिक ३०
tribeni2

 मुगु / मुगुको सदरमुकाम गमगढीमा भीषण आगलागी भएको छ । गमगढीमा राति साढे १२ बजेदेखि आगो लाग्दा २१ वटा घर जलेर पूर्ण नष्ट भएको छ ।

अहिले आगोलाई फैलनबाट रोके पनि पूरै आगो निभिनसकेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले उज्यालोलाई जानकारी दिनुभयो । उहाँकाअनुसार साँघुरो र बाक्लो बजारका कारण धेरै नोक्सानी भएको छ।

अहिले पनि सेना, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाउने काम भइरहेको छ । आगोलाई फैलिनबाट रोक्न बीचमा रहेका घरलाई भत्काएर ठाउँ खाली गर्न थालिएको उहाँले बताउनुभयो । क्षतिको  पूर्ण विवरण आइसकेको छैन । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  ०७:११
प्रतिक्रिया दिनुहोस्