सोसल मिडिया
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) रुकुम पूर्वको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिबार रुकुमकोटमा भएको अधिवेशनबाट पत्रकार मैत्या घर्ती मगरको अध्यक्षतामा सर्वसम्मत जिल्ला कार्यसमिति चयन गरिएको छ ।
फोनिजको जिल्ला उपाध्यक्षमा प्रभात गुरुङ, सचिवमा कृष्ण पुन मगर, सह–सचिवमा हिरा बुढा मगर र कोषाध्यक्षमा धनकुमार पुन मगर चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा जमुना खत्री पुन मगर, विशाल घर्ती मगर, सामना घर्ती मगर, निमा पुन मगर, विर प्रताप बुढा मगर, आसकुमारी रोका मगर, कुसुम रोका मगर र नविना पुन मगर चयन हुनुभएको छ ।
अधिवेशनबाट प्रदेश प्रतिनिधिमा बरम बुढामगर, दिलचन पुन मगर, निमा पुन मगर र हिमाल पुन मगर चयन हुनुभएको छ भने संघीय प्रतिनिधिमा सुरविन्द्रकुमार पुन मगर, कर्मसाही घर्ती मगर, बशन्त बाँठा मगर, जमुना खत्री पुन मगर र विशाल घर्ती मगर चयन हुनुभएको फोनिज रुकुम पूर्वले जानकारी दिएको छ ।