बन्द गर्दै हिडेका १३ जना रुकुममा पक्राउ

२०७८ कार्तिक ३०

रुकुम पश्चिम / प्रहरीले सडकमा अवरोध गर्दै हिँड्ने १३ जनालाई मुसिकोटबाट पक्राउ गरेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्द सफल पार्न हिडेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा नेकपा रूकुम पश्चिमका जिल्ला सचिवालय सदस्य मोतिराम खड्का, पार्टी निकट अखिल क्रान्तिकारी रुकुम पश्चिमका अध्यक्ष सोमपाल कामी सहित १३ जना रहेका छन् ।

सडकमा टायर बाल्ने, यातायातका साधान, पसल तथा कार्यालय बन्द गराउँदै हिँडेका उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  १३:११
प्रतिक्रिया दिनुहोस्