जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितण

शुक्रबार, माघ ४, २०८१

सल्यानका एक युवाले आफ्नो जन्मदिनको अवसरमा विपन्न र जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ । भोज, घुमफिर तथा अन्य खर्च कटाएर युवा अभियन्ता ज्ञानेन्द्र पुनले आफ्नो जन्मदिनको अवसरमा बालबालिकालाइ शैक्षिक सामग्री उपलब्ध गराउनुभएको हो । 

पुनले शारदा नगरपालिका वडा नम्बर ६ स्थित शारदा आधारभुत बिद्यालयमा एक औपचारिक काएयक्रम आयोजना गरेर १८ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई कापी, कलम लगायतका शैक्षिक सामग्री वितरण गर्नुभएको हो । 

जन्मदिनको अवसरमा पुनले ११ जना छात्रा र ७ जना छात्रलाई शैक्षिक सामाग्री उपलब्ध गराएको बिद्यालयले जनाएको छ । जन्मदिनको अवसरमा उहाँले २० दर्जन कापी, १८ दर्जन कलम, दुई सेट ब्याटमिन्टन, १८ थान ज्यामिती बक्स, ५ सेट लुडो र ६ थान चार्ट बोर्ड उपलब्ध गराएको बिद्यालयले जनाएको छ ।

सो अवसरमा बिद्यालयका प्रधानाध्यापक ओमलाल बुढाथोकीले जन्मदिनको अवसरमा अनुकरणीय काम गरेको भन्दै पुनलाइ धन्यवाद दिदै बालबालिकाको पठनपाठनमा शैक्षिक सामग्रीले महत्वपूर्ण टेवा पुर्याउने बताउनुभयो।

जन्मदिनको फजुल खर्चलाई सेवामा परिवर्तन गर्न र शिक्षा मानिसको ज्योति भएकोले बालबालिकालाइ गुणस्तरीय शिक्षासंग जोड्नका लागि सक्दो सहयोग गरिएको पुनले बताउनुभयो । शैक्षिक सामग्री वितरण कार्यक्रममा विद्यार्थीले जन्मदिनको शुभकामना व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।

ज्ञानेन्द्र जस्ता युवाहरुको शिक्षा क्षेत्रको लगावप्रति विद्यालय परिवार खुसी रहेको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुपा बुढाथोकीले बताउनुभयो । कार्यक्रममा सल्यान कला साहित्य परिषद् सल्यानका अध्यक्ष भरत रोकाय, एन.एल.जि. इन्स्योरेन्स सल्यान शाखा प्रमुख अनुराग बोहोरा, टेकमाईन्ड नेटवर्क कर्णाली प्रदेश प्रमुख संगम विहानी, सामाजिक अभियान्ता लगायतको सहभागीता थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१  २२:१५
प्रतिक्रिया दिनुहोस्