Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

लाइसेन्सको अनलाइन आवेदन कार्यालय समयमा भर्न नपाईने

२०७८ कार्तिक ३०
tribeni2

काठमाडौ / सवारी चालक अनुमतिपत्र लाइसेन्सको अनलाइन आवेदन फाराम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म भर्न नपाइने भएको छ । दिउँसोको समयमा आवेदन भर्नेहरुको चाप अत्यधिक भएर यातायात कार्यालयमा सेवा दिन समस्या भएपछि कार्यालय समयमा अनलाइन आवेदन भर्न नपाइने गरिएको बताइएको छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालले प्रणालीको लोड व्यवस्थापन कार्य सम्पन्न बनाएर केही दिनपछि फेरि २४ घण्टा नै सञ्चालन गर्न मिल्ने बनाउने जानकारी दिएका छन् ।

विभागका अनुसार अहिलेसम्म करिब ७ लाख जनाले लाइसेन्सका लागि आवेदन फाराम भरेर परीक्षाको मिति कुरिरहेका छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  २१:११
प्रतिक्रिया दिनुहोस्