रुकुममा तेक्वान्डो खेलका लागि सामाग्री प्राप्त

मंगलबार, माघ ८, २०८१

रुकुम पश्चिम । तेक्वान्डो खेलका पूर्व राष्ट्रिय खेलाडी टेकप्रसाद गोतामे (ज्याक्की च्यान) ले रुकुम पश्चिमस्थित तेक्वान्दो संघलाई खेल सामग्री प्रदान गर्नुभएको छ । 

गोरखा जिल्ला घर भई हाल कतारमा कार्यरत गोतामेले रुकुम पश्चिममै पुगेर संघलाई २५ हजार मुल्य बराबरका विभिन्न खेल सामाग्री हस्तान्तरण गर्नु भएको हो । गोतामेले चार थान चेस्ट प्याड, चार थान हेड गार्ड, र चार था किक प्याड ४ पिस रुकुम तेक्वान्दो संघका अध्यक्ष भद्र खड्कालाई हस्तान्तरण गर्नुभएको हो । 

गोतामेले नेपाल आर्मीबाट तेक्वान्दोका विभिन्न राष्ट्रिय खेल खेलिसक्नुभएको छ । सक्रिय खेल जीवनबाट टाढा रहे पनि खेलकुदसँग नजिक रहेको गोतामेले बताउनुभयो । खेलकुदकै माध्यमबाट धेरैको बिचमा परिचित रहन पाउँदा गर्व लाग्ने गरेको उहाँले बताउनुभयो ।

तेक्वान्दो मात्र नभई हरेक खेललाई सहयोग गर्दै आएको उहाँको भनाई छ । खेलाडीको पीडालाई नजिकबाट महसुस गरेकोले सकेको सहयोग गरिरहेको उहाँले बताउनुभयो । भोलीका दिनमा समेत सहयोगलाई जारी राख्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । आफ्नै पारिश्रमिक तथा व्यक्तिगत लगानीमा खेलाडीलाई सहयोग गर्ने गरेको बताउँदै उहाँले कर्णालीका १० वटै जिल्लामा खेल सामग्री सहयोग गर्ने योजना रहेको बताउनुभयो । 

खेल सामग्री सहयोग गरेर ठुलो गुण लगाएको भन्दै रुकुम तेक्वान्दो संघका अध्यक्ष भद्र खड्काले ले गोतामेलाई धन्यवाद दिनुभयो । खेल सामाग्रीले जिल्लामा तेक्वान्डो खेलको प्रशिक्षण तथा समग्र खेल विकासमा टेवा पुग्ने उहाँको भनाई छ । 

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १९:५०
प्रतिक्रिया दिनुहोस्