Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

दुई हप्तापछि कर्णालीमा मन्त्रिपरिषद् विस्तार, कृषि मन्त्रीमा शाही नियुक्त

२०७८ कार्तिक ३०
tribeni2

सुर्खेत / कर्णाली प्रदेशमा दुई हप्तापछि  मन्त्रिपरिषद् विस्तार भएको छ ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले शपथ लिएको दुई हप्तापछि आज एक जना मन्त्री थपिएका हुन् ।

मुख्यमन्त्री शाहीको सिफारिसमा नेकपा (एकीकृत समाजवादी) का चन्द्रबहादुर शाहीलाई प्रदेश प्रमुख तिलक परियारले  भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गर्नुभएको छ ।  एकीकृत समाजवादीको संसदीय दलका नेता समेत रहेका शाही मुगु प्रदेश सभा (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य हुनुहुन्छ ।

नवनियुक्त मन्त्री शाहीले आज नै पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  २१:११
प्रतिक्रिया दिनुहोस्