नेभिगेशन
अर्थ/वाणिज्य

त्रिवेणीका किसानलाई बाख्रापालनका लागि तालिम र बाख्रा वितरण

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका २० जना किसानलाई बाख्रा वितरण गरिएको छ । 

गाउँपालिकाको वडा नम्वर १, २ र ५ का २० जना किसानलाई २० वटा बाख्रा र दुई वटा बोका उपलब्ध गराईएको हो । 

नेपाल ख्रीष्टियन राहत सेवा (एनसिआरएस) ले सामरिर्टन पर्स क्यानडाको सहयोगमा किसानलाई बाख्रा वितरण गरेको हो । एनसिआरएसका परियोजना अधिकृत मदन बुढाका अनुसार किसानलाई खरी र बोयरक्रस जातका बाख्रा र बोका वितरण गरिएको हो । 

बाख्रा उपलब्ध गराईएका किसानहरुलाई यसअघि बाख्रापालन सम्बन्धी तीन दिने तालिम प्रदान गरिएको थियो । किसानहरुलाई व्यसायिक बाख्रापालनमा प्रेरित गर्न तालिम दिएर बाख्रासमेत दिईएको हो । 

ग्रामिण क्षेत्रका किसानहरुलाई बाख्रापालन मार्फत आर्थिक अवस्थामा सुधार ल्याउन एनसिआरएसले यो कार्यक्रम सञ्चालन गरिरहेको छ । यस अघि पनि त्रिवेणी गाउँपालिकाका अन्य वडाका ४० जना किसानलाई ४० वटा बाख्रा र चार वटा बोका उपलब्ध गराएको परियोजना अधिकृत बुढाले जानकारी दिनुभयो । 

बिहिबार त्रिवेणी गाउँपालिका –२ सिम्रुतुमा बाख्रा वितरण गरिएको हो । उक्त कार्यक्रममा त्रिवेणी गाउँपालिका अध्यक्ष गणेश कुमार केसी, वडा नम्वर १ का वडा अध्यक्ष सुन्दर ओली, वडा नम्वर २ का वडा अध्यक्ष मोतिराम पुन, गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रेम बहादुर पुन र ठानबहादुर ओली लगायतको उपस्थिति रहेको थियो । 

04f97b7e-658b-465f-ad17-54282f727069-1737642367.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ/वाणिज्य