Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

ब्रेन ट्युमर पीडित युवालाई उपचारमा समस्या

मनकारी सरोजले गरे सहयोग
२०७८ मंसिर १
tribeni2

रुकुम पूर्व / ब्रेन ट्यूमरले ग्रसित रुकुम पूर्वका एक बिरामी उपचारको लागि आर्थिक अभाव भएको छ । जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ६ का दिपेन्द्र शाहीको उपचारका लागि आर्थिक अभाव भएका हो ।

विगत एक बर्ष देखि ब्रेन ट्युमरबाट पीडित शाही अहिले पूर्वाञ्चल अस्पतालमा उपचाररत हुनुहुन्छ । पहिलो अप्रशेन सफल नभएको हुँदा थप उपचार गर्नुपर्ने भएको परिवारको भनाई छ ।

घरमा भएको सबै रकम पहिले नै खर्च भएकोले आर्थिक जुटाउन समस्या भैरहेको शाहीको परिवारको भनाई छ । परिवारको आर्थिक स्थिती कमजोर रहेकोले उहाँको उपचारमा सहयोग गरिदिन परिवारले अनुरोध गरेको छ ।

पछिल्लो पटक केहि मनकारीहरुले उहाँको उपचारको लागि आर्थिक रकम सहयोग गर्नुभएको छ । आज सिस्ने गाउपालिका ६ नम्वर वडा निवासी सरोज गौतमले शाहीको उपचारको लागि ५ हजार सहयोग गर्नु भएको छ । गौतमले उक्त रकम शाहीको खातामा जम्मा गरिदिनु भएको हो । सबैको सानो सहयोगको शाहीको जीवन फेरिने भएको आफूले सहयोग गरेको गौतमको भनाई छ ।

यस अघि देउसी भैलोबाट उठेको रकम स्थानीय बाहुनडेरा देउसी भैलो समूहले उहाँको उपचारको लागि सहयोग गरेको थियो ।

सहयोगी मनहरुलाई दुखको बेलामा साथ दिन परिवारले सबैमा आग्रह पनि गरेको छ । सहयोग गर्न चाहनेहरुले उहाँका भाईहरु हिमशिखर शाही र डेकेन्द्र शाहीको मोबाईल नम्बर ९८६६९०६४९० र ९८१०९१६६९० मा सम्पर्क गर्न सकिने जनाईएको छ ।

सरोज गौतम

 

प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  १८:११
प्रतिक्रिया दिनुहोस्