सोसल मिडिया
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर ११ का सबै बस्तीहरुमा चालु आर्थिक वर्षभित्र केन्द्रिय बिद्युत लाईन बिस्तार हुने भएको छ ।
वडाका सबै टोलहरुमा बिद्युत सेवा पुर्याउन निरन्तर लागि गरेको वडा अध्यक्ष भुपाल सिं ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार आजबाट बिद्युत पोल ढुवानीको कार्य सुरु भएको छ ।
गाउँपालिकाले बिद्युतीकरणको योजनालाई प्राथमिकता दिएको र सोहि अनुसार वडा नम्वर १० को अर्माखोला घडेरी देखि ११ नम्वर वडा कार्यालयसम्म बिद्यूत लाईन बिस्तार गर्न थालिएको हो । वडा अध्यक्ष ओलीले बिद्युत प्राधिकरण कार्यालय रुकुमबाट पोलहरु ल्याउन सुरु गरिएको छ ।
अन्य कामहरु समेत यस वर्षमा सम्पन्न गरेर चालु आर्थिक् वर्षभित्र वडाका बस्तिहरुमा बिद्युत बाल्ने उहाँको योजना रहेको छ । बिद्युत पोल ढुवानी तथा व्यवस्थापनमा वडा सरकार नै अग्रसर भएको छ ।