नेभिगेशन
समाज

रुकुम पश्चिम र डोल्पा बिच अन्तर जिल्ला सुरक्षा बैठक सम्पन्न

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा अन्तर जिल्ला सुरक्षा तथा समन्वय बैठक सम्पन्न भएको छ । शुक्रबार रुकुम पश्चिम र डोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरु बिच बैठक सम्पन्न भएको हो ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार बैठकबाट अपराध नियन्त्रण, तस्करीको रोकथाम र विपद् व्यवस्थापनमा सहकार्य गर्ने निर्णय भएको छ । 

उहाँका अनुसार विपद् व्यवस्थापन (डढेलो, पहिरो, सडक दुर्घटना) मा संयुक्त प्रयास गर्दै अपराध नियन्त्रण र तस्करी रोक्न सूचना आदान(प्रदान र निगरानी गर्ने, भेरी करिडोरको सडक अवरोध हटाउन समन्वयात्मक कार्य गर्ने र फरार अभियुक्तको खोजीमा सहजीकरण गर्ने  निर्णय गरिएको छ ।

यसका साथै सीमावर्ती विवाद समाधान गर्दै शान्ति सुरक्षा सुनिश्चित गर्ने  समेत निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले बताउनुभयो । 

बैठकमा रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी कुलबहादुर जी. सी., प्रमुख सेनानी शरद थापा, प्रहरी नायब उपरीक्षक प्रमेश बिष्ट, प्रमुख अनुसन्धान अधिकृत चिरञ्जीवी बुढा, सशस्त्र प्रहरी निरीक्षक टिकाराम गोसाँई, सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीको सहभागिता रहेको थियो । 

त्यसैगरी डोल्पा जिल्लाको सुरक्षा समितिको तर्फबाट प्रमुख जिल्ला अधिकारी रोम बहादुर महत, प्रहरी नायब उपरीक्षक हरिकृष्ण के. सी., सशस्त्र प्रहरी नायब उपरीक्षक भुवन अर्याल,  प्रमुख अनुसन्धान अधिकृत मेघराज कंडेलको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज