नेभिगेशन
राजनीति

निजामती कर्मचारी युनियन रुकुम पूर्वको अध्यक्षमा बलबहादुर केसी चयन

रुकुम पूर्व । नेपाल नेपाल निजामती कर्मचारी युनियन रुकुम पुर्वको अध्यक्षमा बलबहादुर केसी चयन हुनुभएको छ । 

शुक्रबार रुकुमकोटमा सम्पन्न युनियनको तेस्रो जिल्ला अधिवेशनबाट पुनः केसीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । 

निर्वाचन अधिकृत अधिवक्ता चन्द्र बहादुर खड्काका अनुसार युनियनको जिल्ला उपाध्यक्षमा विकास गौतम, शकुन्तला पुन थापा र राजकुमार यादव, सचिवमा कृष्ण बहादुर ओली, सह सचिवमा रबिन खड्का र कोषाध्यक्षमा कमला ओली चयन हुनुभएको छ । 

त्यसैगरी केन्द्रिय महाधिवेशन प्रतिनिधिमा राम बहादुर खड्का र थल बहादुर बस्नेत चयन हुनुभएको छ भने प्रदेश प्रतिनिधिमा मीन बहादुर पुन र गणेश ओली चयन हुनुभएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्