नेभिगेशन
समाज

रुकुममा विवाह गर्न भगाएको चार दिनमै एक जोडि मृत अवस्थामा फेला 

रुकुम पश्चिमको त्रिवेणीमा एक जोडि मृत अवस्थामा फेला परेका छन् । त्रिवेणी गाउँपालिका –४ खुम्चेरीमा एक केटा र एक केटी एउटैका कोठामा मृत अवस्थामा फेला परेका हुन् । 

वडा अध्यक्ष नन्नराम बाँठाका अनुसार सोहि वडा निवासी टेक बहादुर खड्काको छोरा लोकेन्द्र खड्का र वडा नम्वर ६ की सपना पुन मगर लोकेन्द्रको घरमा मृत अवस्थामा फेला परेका हुन् । दुबै जना १९ वर्ष उमेरका हुन् । 

चार दिन अघि विवाहको लागि लोकेन्द्रले सपनालाई भगाएर ल्याएका थिए । वडा अध्यक्ष बाँठाका अनुसार आज बिहान लोकेन्द्रको अस्थायी टहरामा दुबै जना मृत अवस्थामा फेला परेका हुन् । 

लोकेन्द्रको आमा बिरामी भएपछि बुवाको साथमा उपचारको लागि नेपालगञ्ज गएको बेला घरमा यस्तो घटना भएको हो । एक मात्र छोरा लोकेन्द्रको एक बहिनी हुनुहुन्छ । काठमाडौमा अध्ययनरत छोरीको साथमा बुवाआमा नेपालगञ्जबाट फर्कदै गरेको बताईएको छ । 

घटनास्थलमा प्रहरी पुगिसकेको छ । प्रहरीले बुवाआमा आएपछि मात्रै आवश्यक कानूनी प्रक्रिया सूरु गरेर घटनाको अनुसन्धान गर्ने जनाएको छ ।  

स्थानीयका अनुसार लोकेन्द्र झुन्डिएको अवस्थामा रहेका छन् भने सपना भुईमा मृत अवस्थामा रहेकीछिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज