नेभिगेशन
समाज

रुकुम पुर्वमा सशस्त्र प्रहरी बलको स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न

सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म रुकुम पूर्वले सातौ स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाएको छ । सशस्त्र प्रहरीले बिभिन्न बिधागत प्रतियोगिताहरुका साथै मञ्चको औपचारिक कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।

रुकुम पूर्वमा २०७४ माघ १२ गतेका दिन सशस्त्र प्रहरी बलको गुल्म स्थापना गरिएको थियो । रुकुम पूर्वमा त्यसै दिनलाई स्थापना दिवसको रुपमा मनाउदै आइएको छ । 

नेपालको संविधान २०७२ को अनुसुचि ४ बमोजिम २०७४ माघ ११ गते जिल्लाको साबिक सदरमुकाम रुकुमकोटलाई पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १२ कोल गोलखाडा सार्ने तत्कालीन नेपाल सरकारको निर्णय पश्चात बिवाद उत्पन्न हुन गई २०७४ माघ १२ गते सशस्त्र प्रहरी बल, नेपाल क्षेत्रिय मुख्यालय महेश्वरी बाहिनी सुर्खेतबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३५ जनाको टोलि परिचालन भएको थियो ।

त्यस पश्चात २०७५ साल फाल्गुण २९ गते देखी यस सशस्त्र प्रहरी बल नेपाल, आश्रित गुल्म रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नम्बर ६ मा रहेको आला सामुदायिक वनको ४० रोपनी क्षेत्रफल रहेको जग्गामा गुल्म स्थापना गरि सशस्त्र प्रहरी बल नेपालले आफ्नो गतिविधि सञ्चालन गरिरहेको छ । जस अनुसार सशस्त्र प्रहरी बल नेपाल, आश्रित गुल्म रुकुम पूर्वले आफ्नो ७औँ वाषिकउत्सव बिशेष समारोह भव्यताका साथ मनाएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक कमल प्रसाद तिउसिनाले देशव्यापी रुपमा नै शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्न सशस्त्र प्रहरीको ठुलो भूमिका महत्वपूर्ण गरेको बताउनुभयो ।

रुकुम पूर्वमा पनि सशस्त्र प्रहरी बल आश्रीत गुल्मले आफ्नो सातौं स्थापना दिवस मनाउँदै गर्दा जिल्लाको शान्ति सुरक्षालाई आगामी दिनसम्म पनि कायम राख्न, विपदको सामना गर्नेदेखि लिएर जनतामा परेको कुनै पनि समस्या समाधानका लागि सशस्त्र प्रहरी बल नेपाल सदैव जनताको सेवामा समर्पित रहने उहाँको भनाई छ । 

कार्यक्रमका विशेष अतिथी जिल्ला समन्वय समिति रुकुम पूर्वका समन्वय प्रमुख मेघ बहादुर श्रेष्ठले बिपदका बेलामा सशस्त्र प्रहरी बल रुकुम पूर्वले खेलेको भूमिकाको प्रसंशा गर्नुभयो । आगामी दिनमा पनि यसरी नै जिल्लाको शान्ति सुरक्षा र सुव्यवस्थालाई कायम राख्न तथा विपदको प्रतिकार्यमा प्रतिबद्ध भएर काम गर्न अग्रसर हुन उहाले आग्रह गर्नुभएको छ । 

स्थापना दिवसको अवसरमा कार्यालयले विभिन्न प्रतियोगितामा स्थान हाँसिल गर्ने, उत्कृष्ट कार्यसम्पादन गर्ने, र प्रशासनिक रुपमा खटिएर उत्कृष्ट काम गर्ने प्रहरीलाई पुरस्कृत तथा सम्मान गरिएको छ । उक्त अवसरमा विभिन्न माध्यामबाट संगठनको हितको लागि सहयोग पुर्याउने व्यक्तिलाई पनि सम्मान गरिएको छ ।

सशस्त्र प्रहरी बल आश्रीत गुल्म रुकुम पूर्वका प्रहरी नायव उपरिक्षक बिकास भक्त श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालय रुपन्देहीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक कमल प्रसाद तिउसिनाको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला  समन्वय समितिका प्रमुख मेघ बहादुर श्रेष्ठकोविशेष आतिथ्यता रहेको थियो । 

यस्तै कार्यक्रम समन्वय समितिका उपप्रमुख मोहोन बहादुर के.सी., प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद न्यौपाने लागाएत जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब निरीक्षक मधु गौतमले गर्नुभएको थियो । 

ac5c7e9a-d7d6-41b9-a2d6-aa47367a3ea4-1737808557.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज