Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मर्जरमा एभरेष्ट बैंक अनिर्णित

काठमाडौँ, २४ फागुन
tribeni2

भारतको पञ्जाब बैंकसँगको संयुक्त लगानीमा स्थापना भएको एभरेष्ट बैंक लिमिटेडले ‘मर्जर’मा जानेनजाने भन्ने निर्णय गर्न सकेको छैन । 

नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकहरुलाई पूँ्जी वृद्धि वा बैंकहरु एकापसमा गाभिएर सञ्चालन गर्न निर्देशन दिएपछि लामो समयदेखि साझेदारको खोजिमा रहेको उक्त बैंकले अहिलेसम्म निर्णय गर्न नसकेको हो ।

बैंकले गरेको पत्रकार सम्मेलनमा त्यसका अध्यक्ष बि के श्रेष्ठले लक्ष्मी बैंक र नबिल बैंकसँग मर्जर वार्ता सफल हुन नसकेको बताए । “मर्जरका निम्ति हाम्रो ढोका खुला छ”, उनले भने ।

केन्द्रीय बैंकको निर्देशनअनुसार जलविद्युत्, कृषि र पर्यटन क्षेत्रमा लगानी गरिएको उनले स्पष्ट पारे । 

 

प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५  १०:०३
प्रतिक्रिया दिनुहोस्