आठबिसकोटमा चितुवाको भुँवासहितको छाला बराबद

मंगलबार, माघ १५, २०८१

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका २ मा चितुवाको भुँवासहितको छाला बराबद भएको छ । 

डिभिजन वन कार्यालय रुकुम पश्चिमको टोलीले वडाको पहाडा भन्ने स्थानबाट चितुवाको भुवाँसहितको छाला (वन्यजन्तु अखेटोपहार) बरामद गरेको हो ।

डिभिजन कार्यालयका प्रमुख शेरबहादुर परियारका अनुसार वन्यजन्तुको छाला लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा डिभिजन वन कार्यालयबाट सोमबार र मंगलबार गएको १३ जनाको टोलीले उक्त छाला बराबर गरेको हो । 

कार्यालय प्रमुख परियारका अनुसार वन्यजन्तुको छाला लुकाईछिपाई राख्ने कार्यमा संलग्न व्यक्ति घटनास्थलबाट भागेको तर निजको पहिचान खुलिसकेको बताउनुभयो । निजलाई कानून बमोजिम कारबाहिको प्रक्रिया अगाडि बढाउने उहाँले उल्लेख गर्नुभयो ।

घटनास्थल जिल्ला सदरमुकाम खलंगाबाट चार घण्टाको यातायातका साधन र थप दुई घण्टा पैदल दुरीमा पर्दछ । 

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १८:०५
प्रतिक्रिया दिनुहोस्