प्रेस सेन्टर नेपाल २१औँ वर्षमा प्रवेश, रुकुममा प्रभातफेरी र रक्तदान

मंगलबार, माघ १५, २०८१

रुकुम पश्चिम । प्रेस सेन्टर नेपाल आज (माघ १५ गते) २० वर्ष पूरा गरी २१ओैँ वर्षमा प्रवेश गरेको छ।

सोमबार बिहान खलंगामा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको प्रेस सेन्टरले दिउँसो जिल्ला अस्पताल सल्लेमा रक्तदान कार्यक्रम सम्पन्न गरेको प्रेस सेन्टर नेपाल रुकुम पश्चिमका अध्यक्ष मनिष खड्काले जानकारी दिनुभयो हो । उहाँका अनुसार रक्तदान कार्यक्रममा १३ जनाले रक्तदान गरेका छन्।

जिल्लामा रगतका अभाव नहोस र रगत अभावका कारण बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष खड्काले बताउनुभयो । यस कार्यक्रमले समाजमा सकारात्मक सन्देश पुर्‍याएको र समुदायलाई एकताबद्ध गर्न सहयोग पुर्‍याएको विश्वास गरिएको छ।

अध्यक्ष खड्काका अनुसार, स्थापना दिवसकै अवसरमा प्रेस सेन्टरले आज साँझ कालिका मन्दिर प्रांगणमा दीप प्रज्वलन कार्यक्रम पनि सम्पन्न गरेको छ।

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १९:०३
प्रतिक्रिया दिनुहोस्