नेभिगेशन
राजनीति

अखिल क्रान्तिकारीको सचिवमा रुकुमकी समकृती र चार सदस्य निर्वाचित

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय महाधिवेशन हालै सम्पन्न भएको छ ।

महाधिवेशनले निर्वाचन मार्फत बुधबार नयाँ नेतृत्व अध्यक्षमा विजयप्रकाश सापकोटा निर्वाचित हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी हेमन्त राई लाई ७१ मतले पराजित गर्नुभयो । सापकोटाले ६८६ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा राईले ६ सय १५ मत प्राप्त गर्नुभयो । अध्यक्षका अन्य उम्मेदवार उपदेश यादवले ३ सय १० र सुदिन पौडेलले १ सय ९२ मत प्राप्त गर्नुभयो । 

त्यस्तै, महासचिवमा रोशन थापा मगर ५ सय ९८ मतसहित निर्वाचित हुनुभयो भने कोषाध्यक्षमा फूलमाया राना मगर ५९६ मतसहित निर्वाचित हुनुभएको छ । उपाध्यक्षहरूमा सन्दीप पुन ९६५७०, ममता अधिकारी ९८८२०, कृष्ण बहादुर सुनार ९४४५०, उमेश कँडेल ९३८९०, अटल आचार्य ९५७१० र मदन ढकाल ९५४१०, बिराज थापा ९४८२०, दीपा जैसी ९४०८० र अभिमन्यु यादव ९५७५० निर्वाचित हुनुभएको छ । 

यसैगरी केन्द्रीय सचिव (समावेशी) मा रुकुम पश्चिमकी समकृति पुन निर्वाचित हुनुभएको छ । उहाँले ५२९ मत ल्याएर विजयी हुनुभएको हो । तिर्सना आलेमगर पनि समावेशी सचिव पदमा विजयी हुनुभएको छ । 

यस्तै खुला सचिवमा प्रेम जैसी, वीरेन्द्र जिसी, शिशिर बस्याल, र सम्झना राई विजयी हुनुभएको छ । कोषाध्यक्षमा फुलमाया रानामगर खुशी विजयी हुनुभएको छ । 

रुकुम पश्चिमकै विद्यार्थी नेता बिशाल बिष्ट र निराजन केसी केन्द्रिय कमिटीको सचिवालय सदस्यमा निर्वाचित हुनुभएको छ भने रमेश लामिछाने र हिरा कुसारी निर्विरोध केन्द्रिय सदस्य हुनुभएको छ । बिष्टले ९४ र केसीले ७७ मत ल्याएर सचिवालय सदस्यमा विजयी हुनुभएको हो । रुकुमकै खम्बु जंग मगर केन्द्रिय अनुशासन आयोगको उपाध्यक्ष (समावेशी) मा चयन हुनुभएको छ । 

३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्य र तीन केन्द्रीय निकायका पदाधिकारीका लागि माघ १२ गते निर्वाचन भएको थियो । असोज १० देखि १५ गतेसम्म भएको क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनमा ३२ वर्ष उमेर हद लगाउने कि नलगाउने विषयमा विवादका कारण रोकिएको थियाे । पुस १३ मा भएको उमेर हद खुला पक्षधर पराजित भएपछि ३२ वर्ष मुनिबाट आगामी २ वर्षका लागि सङ्गठनको नेतृत्व चयन भएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्