नेभिगेशन
समाज

एलिना चौहानद्वारा सम्बन्धविच्छेदको मुद्दा दर्ता

काठमाडाैं । चर्चित गायिका एलिना चौहानले सम्बन्धविच्छेदकाे मुद्दा दायर गर्नुभएकाे छ । शुक्रबार काठमाडौं जिल्ला अदालतमा गायिका चौहानले पति विष्णु सापकोटालाई विपक्षी बनाएर सम्बन्धविच्छेद मुद्दा दायर गर्नुभएकाे हाे ।

गायिका चौहानले माना चामल र अंश हक दाबी नगरि सम्बन्धविच्छेद मात्रै गरी पाउँ भन्दै अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गर्नुभएकाे हाे । उहाँले फिराद पत्रमा पतिले आफूमाथि अन्याय गरेकाे उल्लेख गर्नुभएकाे छ ।

फिरादपत्रमा लेखिएको छ,‘म कलाकारिता क्षेत्रका विभिन्न कार्यक्रमहरुमा व्यस्त हुँदा निज विपक्षीले मेरो चरित्रमाथि शंका–उपशंकाको दृष्टिले हेरी अनेक लाञ्छना लगाउँदा मलाई मानसिक कष्ट भएको हुँदा हामी दुईबीचको वैवाहिक सम्बन्ध सुमधुर रहेर अगाडि बढ्न नसक्नेदेखि फिरादी र विपक्षी पतिबीच भावनात्मक रुपमा सुमधुर सम्बन्ध कहिल्यै हुन नसकी कागजी रुपमा मात्र रहेको पतिपत्नीको सम्बन्धमा रहनु बस्नुभन्दा मुलुकी देवानीसंहिता, २०७४ को दफा ९५ (ग) का आधारमा सम्बन्धविच्छेद गरी स्वतन्त्र भई आ–आफ्नो जीवन बिताउन श्रेयष्कर लागेकोले निज विपक्षीबाट अंश तथा मानाचामल नलिने गरी यो फिरादपत्र लिई सम्मानित अदालतसमक्ष उपस्थित भएकी छु ।'

आफ्नाे प्रेम सम्बन्धलाई २०८१ वैशाख ५ गते यी जाेडीले विवाहमा परिणत गरेका थिए । केही समय अघिदेखि नै यी दुईबीच सम्बन्ध सुमधुर नरहेको चर्चा बाहिरिएकाे थियाे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्