नेभिगेशन
राजनीति

जनयुद्ध दिवसको अवसरमा चौरजहारीमा एक महिनासम्म विविध कार्यक्रम हुँदै

नेकपा (माओवादी केन्द्र) चौरजहारी नगर समिति रुकुम पश्चिमले जनयुद्धको २९औ बार्षिकोत्सवको अवसरमा एक महिनासम्म विभिन्न कार्यक्रम गरेर मनाउने निर्णय गरेको छ । 

शुक्रबार बसेको नगर कमिटीको बैठकले जनयुद्धको २९औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर भव्य रुपमा मनाउने निर्णय गरेको हो ।  

कमिटीका सचिव अर्जुन कुमालका अनुसार माघ २१ गतेदेखि २३ गतेसम्म १४ वटै वडामा जनयुद्ध दिवस तयारी बैठक बस्ने, माघ २० गते सबै जनवर्गीय संगठनका अध्यक्षहरूसँग सहिद पूर्णशान्ति स्मृति भवनमा बैठक बस्ने, माघ ३० गतेदेखि सबै वडाका विभिन्न ठाँउहरूमा सहिद गेट ब्यानर बनाइ झण्डोत्तोलन गर्ने निर्णय भएको छ।  

त्यसैगरी फागुन १ गते बिहान बजे चौरजहारी अस्पतालमा भर्ना भएका बिरामीलाई स्वास्थ्य लाभको कामना गर्दै  फलफूल वितरण गर्ने र सोहि दिन चौरजहारी नगरपालिकाका सबै वडाहरूमा अविर जात्रा र मिठाई वितरण गर्ने, फागुन ५ गते रक्तदान कार्यक्रम गर्ने, फागुन ७ गते जनयुद्धको महत्त्व र उपलब्धि  विषयमा विभिन्न राजनैतिक दलका प्रमुख तथा अन्य बुद्धिजीवीहरूसँग अन्तरक्रिया तथा चियापान कार्यक्रम गर्ने र फागुन ८ गतेदेखि २१ गतेसम्म सहिद परिवार, वेपत्ता परिवार तथा जनयुद्धका घाइते योद्धाहरूसँग घरदैलो भेटघाट गरी सुझाव संकलन गर्ने निर्णय भएको सचिव कुमालले जानकारी दिनुभयो । 

नगर कमिटी अध्यक्ष सुन्दर शर्माको अध्यक्षतामा बसेको बैठकमा पार्टीका केन्द्रिय सदस्य बिशाल शर्मा, प्रदेश कमिटी सचिवालय सदस्य राधा रोका, मनसरा मल्ल र बिरबहादुर राना, नगर कमिटी ईन्चार्ज ॠषि प्रसाद शर्मा लगायतको आतिथ्यता रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्