नेभिगेशन
कला/साहित्य

कविता : यो लिङ्ग कहाँ फेरिन्छ ?

चित्र मेरै केरिन्छ
चरित्र मेरै हेरिन्छ
मलाई छोरी हुनुमा असह्य छ
भन यो लिङ्ग कहाँ फेरिन्छ ?

जब उमेरले बिस कट्छ
परिवारमा मेरो महत्त्व घट्छ
अनि सजाइन्छ मलाई 
हेर्न आउनेहरूको संख्या बढ्छ
त्यहि संख्याले भन्छ
हेर्दा चाल मिलेन
हिँडाइको ताल मिलेन 
भने जस्तो आहा लाग्ने 
जीउँडाल मिलेन ।

भेट्दा हाँस्यो बोल्यो - उत्ताउली म
अलि थोरै बोल्यो - घमण्डी म 
नालायक छोराको लागि जज गर्छन् 
लक्षणले भरिपुर्ण बुहारी बर्ज गर्छन्।

भेटिनु पर्ने रे म मा
सबैले खोजेको संस्कार
जब गलतलाई गर्छु प्रतिकार 
तब फेरि देखिन्छ मेरो अंहकार ।

मलाई इत्यादी झन्झटबाट आजाद हुन मन छ
खुल्ला पंछीजस्तै उडेर आकास छुन मन छ
छोरा बनेर चिनजान गर्नु छ यो रातसंग
अबेरसम्म गफिनुछ मलाई रमाइला बातसंग
बाँच्नु छ निर्धक्क भइ बिना डर त्रास
अस्ताउँदा पनि सुर्य, मन नहोस हतास ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कला/साहित्य