Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
युवा स्वरोजगार

चौरजहारीमा साबुन उद्योग सञ्चालन

स्वरोजगारमुखि उद्योग व्यवस्थित भएर गर्व गर्न लायक हुने विश्वास
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको चौरजहारी साबुन उद्योग सञ्चालनमा आएको छ । चौरजहारी सोप इण्डट्रि«ज एण्ड रिसर्च प्रा.लि.ले उत्पादन गरेको साबुन उद्योग आज देखि सञ्चालनमा आएको हो ।

कर्णाली प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले आज एक कार्यक्रमका बिच उक्त उद्योगको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा स्थानीय स्तरमा युवाहरुको सहभागितामा साबुन उद्योग सञ्चालन गर्नु स्वरोजगारको नमूना भएको पूर्वमन्त्री शर्माले बताउँनुभयो ।

उहाँले उत्पादन र खपत बढाउन गुणस्तरियतामा ध्यान दिएमा व्यवस्थित उद्योग भएर गर्व गर्न लायक हुने समेत उहाँले बताउनुभयो । यस्ता स्वरोजगारमुखि गतिबिधिहरुलाई जनप्रतिनिधिहरुको तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको समेत पूर्वमन्त्री शर्माले बताउनुभयो ।

चौरजहारी नगरपालिका २ नम्बर वडामा रहेको चौरजहारी सोप इण्डट्रि«ज एण्ड रिसर्च प्रा.लि.ले सस्तो र गुणस्तरिय साबुन उत्पादन गरेको अध्यक्ष पुर्णबहादुर रोकायले जानकारी दिनुभयो । अध्यक्ष रोकायले हाल दैनिक ५ सय ओटा साबुन उत्पादन गरिएको जनाउनुभयो । यहाँ उत्पादित साबुन अहिलेलाई रुकुम, सल्यान र जाजरकोटका बिभिन्न स्थानमा पठाईने र कालिकोट, सुर्खेत र जुम्लामा पनि डिलरको माग भई आएको अध्यक्ष रोकायले जनाउँनुभयो ।

अहिलेलाई काठमाडौबाटै कच्चा पदार्थ ल्याएर साबुन उत्पादन गरेका छौ, अध्यक्ष रोकायले भन्नुभयो अब स्थानीय स्तरका कच्चा पदार्थको खोजि गरेर उपयोग गर्नेछौ । अध्यक्ष रोकायका अनुसार हाल लुगाधुने साबुन मात्र उत्पादन गरिएता पनि अब लगत्तै नुहाउने साबुन र सोडा पनि उत्पादन गरिनेछ ।

रिसर्च प्रा.लि.का सचिव प्रवेश बटालाले ५ जना युवाहरुको ४० लाख लगानीमा साबुन उद्योग सञ्चालन गरिएको बताउनुभयो । उत्पादित साबुन यस अघि बजारमा आएका अन्य उत्पादन भन्दा सस्तो र गुणस्तरिय रहेको समेत उहाँले बताउँनुभयो ।

स्थानीय युवाहरु पुर्णबहादुर रोकाय, प्रवेश बटाला, सरस्वती बटाला रेग्मी, हरिष केसी, लक्ष्मण रोकायको लगानीमा चौरजहारी सोप इण्डट्रि«ज एण्ड रिसर्च प्रा.लि. सञ्चालन गरिएको हो ।

उद्योगको उद्घाटन कार्यक्रममा चौरजहारी नगरपालिकाका प्रमुख विशाल शर्मा, उप प्रमुख राधा रोका लगायत स्थानीयवासीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  १४:११
प्रतिक्रिया दिनुहोस्