नेभिगेशन
समाज

जाजरकाेटमा युवाको रहस्यमय मृत्यु, सात जना प्रहरीको नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेल खेलकुद कार्यक्रम हेरेर फर्किने क्रममा स्थानीय काड्य खोलामा शाहीको शव दुई दिनपछि  भेटिएकोे जानकारी दिनुभयो ।

माघ १८ गते बिहानै इलाका प्रहरी कार्यालय गर्खाकोटबाट प्रहरी नायब निरीक्षक पूर्णबहादुर रानाको टोली घटनास्थल पुगेको थियो । घटनास्थलमा थप शङ्कास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक दिनेश तिमिल्सिनाको कमान्डमा थप टोली खटिएको थियो ।

प्रहरीले शुक्रबार घटनास्थलको मुचुल्का तयार गरेको थियो । मृतक शाहीको शव शनिबार प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा पोस्टमार्टम गरिएको थियो । घटनास्थलको अवस्था हेर्दा शाहीको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान रहेको प्रमुख पाण्डेले बताउनु भयो ।

“खेलकुद कार्यक्रम सकिएपछि शाही साथीहरूसँग घर फर्किएका थिए । घर जाने क्रममा बाटोमै झगडा भएको बुझिएको छ । घटनास्थलमा रगत जस्तो देखिने रातो पदार्थ भेटिएको छ । उनको टाउको र कानमा चोट लागेको देखिन्छ ।,” पाण्डेले बताउनुभयोे ।

मृतक शाहीका आफन्तले उहाँको हत्या भएको आरोप लगाएका छन् । उनीहरूले निष्पक्ष छानबिनको माग गरेका छन् । अनुसन्धानका लागि प्रहरीले एक महिला र ६ पुरुषसहित सात जनालाई नियन्त्रणमा लिएको आवश्यक सोधपुछ भइरहेको प्रहरीको भनाई छ ।

पीडितपक्ष जाहेरी दर्ता गर्ने तयारीमा रहेको र जाहेरी दर्ता भएपछि घटनाको थप विवरण सार्वजनिक गरिन जनाएको छ । पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारण खुल्ने प्रहरीको दाबी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्