नेभिगेशन
खेल

आठबिसकोटको पाँचौ राष्ट्रपति रनिङ शिल्डमा कालिका मावि प्रथम

रुकुम पश्चिमको आठबिसकोटमा जारी पाँचौ नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कालिका माध्यमिक विद्यालय सुन्दरपानीले हात पारेको छ । 

शनिबार बेलुकासम्म सञ्चालन भएको शिल्ड अन्तर्गतका विभिन्न प्रतियोगिताहरुमा १५ स्वर्ण, आठ रजत र पाँच कास्य सहित २८ पदकका साथ वडा नम्वर ९ स्थित कालिका माविले प्रथम स्थान हाँसिल गरेको हो । 

त्यसैगरी वडा नम्वर ९ कै बालकल्याण माविले द्वितीय स्थान प्राप्त गरेको छ । बालकल्याणले नौ स्वर्ण, ६ रजत र तीन कास्य पटक प्राप्त गरेको छ । वडा नम्वर  ९ मै रहेको शहिद स्मृति नमूना माविले ६ स्वर्ण, चार रजत र १० कास्य पदकसहित तृतीय स्थान हात पारेको छ । 

रनिङ शिल्डमा नगरपालिका भित्रका विभिन्न १८ वटा विद्यालयले भाग लिएका थिए । उत्कृष्ट स्थान हाँसिल गर्ने विद्यालयहरुलाई नगर प्रमुख रबि केसीले शिल्ड, ट्रफि, प्रमाणपत्र र पुरस्कार प्रदान गर्नुभएको छ ।

शिल्डको माघ १५ गते कर्णाली प्रदेश सभा सदस्य एवम् पूर्व आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले उद्घाटन गर्नुभएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्