नेभिगेशन
राजनीति

अखिल नेपाल यातायात मजदुर संघको अध्यक्षमा गंगाराम चयन

रुकुम पश्चिम । अखिल नेपाल यातायात मजदुर संघ रुकुम पश्चिमको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । 

सोमबार मुसिकोटमा भएको संघको जिल्ला सम्मेलनले गंगाराम बिकको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ । 

संघको जिल्ला उपाध्यक्षमा कालीबहादुर कामी र सुनिता थापा, सचिवमा महेश बिक र कोषाध्यक्षमा सर्जन गौतम चयन हुनुभएको छ । 

संघले यातायात क्षेत्रमा काम गर्ने मजदुरहरुको हक, हित र अधिकारको सवालमा काम गर्ने बताईएको छ । यसका साथै संघले श्रमिकहरुको पक्षमा यातायात ऐन निर्माण, सामाजिक सुरक्षा कार्यान्वय र मर्यादित रोजगारीको लागि अभियान समेत सञ्चालन गर्ने जनाएको छ । 

संघको अधिवेशन उद्घाटन सत्रमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज वसन्त कुमार शर्मा, मुसिकाेट नगर कमिटीका उपाध्यक्ष धनबहादुर खड्का लगायतको आतिथ्यता रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्