Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मिक नेपालमा नयाँ नेतृत्व चयन

२०७८ मंसिर २
tribeni2

रुकुम पूर्व / नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक) नेपालमा नयाँ नेतृत्व चयन भएको छ ।

बुधबार रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा १० तकसेरामा सम्पन्न मिक नेपालको १७ औ बार्षिक साधारण सभाबाट नयाँ नेतृत्व चयन भएको हो । साधारण सभाको बन्द सत्रले धनबहादुर अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

मिक नेपालको उपाध्यक्षमा ललिता बुढा, सचिवमा गणेश कुमार खड्का र कोषाध्यक्षमा अन्जना तामाङ चयन हुनुभएको छ । नव निर्वाचित सचिव खड्काका अनुसार सदस्यहरुमा एनस्वर पुन, शुक्रदेवी रोका र शान्तबहादुर बुढा चयन हुनुभएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  १४:११
प्रतिक्रिया दिनुहोस्