नेभिगेशन
राष्ट्रिय

टेलिकमको बार्षिकोत्सवको अवसरमा रुकुममा निःशुल्क सिम वितरण 

नेपाल टेलिकमको रुकुम पश्चिमस्थित कार्यालयले मंगलबार निशुल्क सिम वितरण गरेको छ । 

नेपाल टेलिकम २१ वर्ष पुरा गरेर २२ वर्ष प्रवेश गरेको कार्यालयले निशुल्क सिम वितरण गरेको हो ।  आज कार्यालयले सानीभेरी गाउँपालिका ९ सिम्लीमा निशुल्क सिम वितरण गरेको हो । 

कार्यालयका प्रमुख कृष्ण प्रसाद शर्माका अनुसार १८० थान सिम निःशुल्क वितरण गरिएको हो । यी सबै सिम प्रिपेड नम्वरका हुन् । सर्वसाधारणहरुलाई लक्षित गरेर सिम वितरण गरिएको शर्माको भनाई छ । 

बार्षिकोत्सवको अवसरमा टेलिकमको सेवा सहज र सुलभ बनाउने क्रममा सदरमुकाम बाहिर गएर निःशुल्क सिम वितरण गरिएको प्रमुख शर्माले जानकारी दिनुभयो । 

fcdd7193-6c56-42b9-9089-47c587631aab-1738681078.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्