नेभिगेशन
समाज

शान्ति मिशनबाट फर्केपछि आफैले पढेको विद्यालयलाई सहयोग

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका –१ निवासी भक्तबहादुर बुढाले आफैले अध्ययन गरेको विद्यालयलाई सहयोग गर्नुभएको छ । 

नेपाली सेनामा कार्यरत बुढाले आफुले पढेलेखेको सोही स्थानको श्री शाईकुमारी माध्यमिक विद्यालयलाई पानी शुद्धिकरण गर्ने मेशिन र उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री उपलब्ध गराउनु भएको हो । 

सहयोगी बुढाले आफूले ज्ञान आर्जन गरेको विद्यालयमा सहयोग गर्न पाउँदा एकदमै खुसी लागेको बताउनुभयो । नेपाली सेनाको हवल्दार पदमा कार्यरत बुढा कंगो देशको शान्ति मिशनबाट सफलतापूर्वक स्वदेश फर्केपछि उक्त सहयोग गर्नुभएको हो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समिर बिकका अनुसार विद्यालयका पूर्व बिद्यार्थी बुढाले बालविकास कक्षा देखि कक्षा ५ सम्मका सम्पूर्ण बालबालिका  र कक्षा ६ देखि १० सम्मका गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री उपलब्ध गराउनुभएको हो । उहाँले करिब ६० हजार मूल्य बराबरका कापि, कलमको साथमा पानी शुद्धिकरण गर्ने मेशिन हस्तान्तरण गर्नुभएको हो । 

समितिका अध्यक्ष बिकले बुढाको उदाहरणीय र प्रेरणदायी कार्यको प्रशंसा गर्नुभयो । पूर्व बिद्यार्थी बुढा गाउँको कुशल, कर्तव्यनिष्ठ र सहयोगी भावनाले ओतप्रोत युवा रहेको अध्यक्ष बिकले उल्लेख गर्नुभयो । 

सहयोग हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष देव बहादुर घर्ती, स्थानीय अगुवाहरु, विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो । 

475836203_122147906582439138_3227240080945923722_n-1738683127.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्