नेभिगेशन
खेल

प्रभाकरलाई बनगाड कुपिण्डेको शिल्डको उपाधि 

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा सम्पन्न चौथोँ राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रभाकर माध्यमिक बिद्यालयले जितेको छ । 

मंगलबार भएको अन्तिम खेलसम्मा १४ स्वर्ण १३ रजत र ४ कास्यसहित प्रभाकर मावि पहिलो भएको हो । यो बिद्यालयले लगातार तेस्रोपटक उपाधि जितेपछि शिल्ड कब्जा गरेको हो । 

प्रतियोगितामा त्रिभुवन जनता माद्यामिक बिद्यालय शंखपिपल च्युराले १० स्वर्ण ५ कास्य र ९ रजत सहित दोस्रो वनेको छ । यस्तै ३ स्वर्ण १ रजत र २ कास्य सहित कृष्ण माद्यामिक बिद्यालय लेखसँग्रही तेस्रो वनेको छ ।

सिद्धेश्वरी माद्यामिक बिद्यालयले १ स्वर्ण २ रजत र १ कास्य, महेन्द्र माद्यामिक बिद्यालय आँपचौरले १ स्वर्ण १ रजत र २ कास्य, प्रतिभा माद्यामिक बिद्यालय जयतपानीले १ स्वर्ण जितेको छ ।

यस्तै मुक्ति माद्यामिक बिद्यालयले ५ रजत र ३ स्वर्ण, श्री लंङ्गग्रिन बोर्डिङ स्कुलले ३ रजत र ३ कास्य, कृष्ण बोर्डिङ स्कुलले ५ कास्य, नवजोति माद्यामिक बिद्यालयले २ कास्य जितेको बनगाड कुपिण्डे नगरपालिकाले जनाएको छ ।

प्रतियोगितामा भलिबलतर्फ छात्र उत्कृष्ट खेलाडीको रुपमा श्री मुक्ति माध्यमिक विद्यालय बामेका गोरख पुन , छात्रा तर्फ श्री त्रिभुवन जनता माध्यमिक विद्यालय च्युराकि सुस्मा रानालाई सम्मान गरिएको थियो ।

माघ १९ देखि २२ गते सम्म संचालित प्रतियोगितामा छात्र र छात्रा तर्फका भलिबल, कबड्डी, एथ्लेटिक्सका खेलहरुमा नगरपालिकाका ८ वटा सामुदायिक माध्यमिक विद्यालयका र २ वटा सस्थागत गरी १० वटा बिधालयका विद्यार्थी खेलाडीहरुले सहभागीता जनाएका थिए ।

चार दिनसम्म संचालित प्रतियोगिताको कार्यक्रम कर्णाली प्रदेश पुर्व मन्त्री भिमप्रकाश शर्माले उद्घाटन गर्नु भएको थियो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्