नेभिगेशन
समाज

रेडियो मौराखारा छैटौं वर्ष प्रवेश

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा सञ्चालित रेडियो मौराखारा एफ. एम. १०६.५ मेगाहर्जले पाँचौं वर्ष पूरा गरी छैटौं वर्षमा प्रवेश गरेको छ ।

सानीभेरी सामुदायिक विकास केन्द्र द्वारा संचालित रेडियो आज पाँचौं वर्ष पूरा गर्दै छैटौं वर्षमा प्रवेश गरेको हो ।

वार्षिक उत्सवको अवसरमा रेडियो मौराखाराका स्टेशन म्यानेजर नारायण ओलीले एक विज्ञप्ति जारी गर्दै आम श्रोता, स्थानीय सरकार, विज्ञापनदाता, सहयोगी संघ संस्था, रेडियोमा कार्यरत पत्रकार तथा कर्मचारी शभेच्छुक तथा शुभचिन्तकमा शुभकामना व्यक्त गर्नुभएको छ ।

२०७६ साल माघ २५ गते प्रशारणमा आएर फाल्गुन २ गते प्रतिनिधि सभाका सांसद तथा सरकारका पूर्व अर्थमन्त्री माननीय जनार्दन शर्माबाट विधिवत रुपमा उद्घाटन भई प्रशारण सुरु गरेको थियो । रेडियो मौराखाराले हालसम्म सूचना, मनोरञ्जन, विकास र विचार प्रवाहको माध्यमबाट आम श्रोताको महत्वपूर्ण माध्यम बनेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

रेडियोको पाँचौं वार्षिक उत्सबको अवसरमा देशमा संघीयता कार्यन्वयन संगै स्थापना भएका स्थानीय सरकारमा सुशासन कायम गराउने अभियानमा रेडियो मौराखराको माध्यबाट सहयोग गर्ने¸ राम्रा कामको प्रचारप्रसार गर्ने र अनियमितताको शसक्त भण्डाभोर गर्ने अभियानलाई पनि हामी निरन्तरता दिने बताईएको छ ।

साथै सामाजिक परिवर्तन¸ स्थानीय मौलिक कला संस्कृतिको जगेर्ना¸ स्थानीय प्रतिभाको प्रष्फुटन¸ जनहितकारी तथा कल्यानकारी सन्देश¸ अत्यावश्यकिय सूचना प्रवाह जस्ता कार्यहरु निरन्तर रुपमा गरिने स्टेशन प्रमुख ओलीले जानकारी दिनुभयो ।

रेडियो मौराखारा एफ.एम. का माध्यमबाट रुकुम पश्चिम जिल्ला तथा विशेष गरी सानीभेरी गाउँपालिकाबासी नागरिकलाई सूचना, मनोरञ्जन र चेतना अभिवृद्धि गराउने महान लक्ष्यमा रेडियो परिवार कहिले पनि विचलित नभई अहोरात्र खटिने प्रतिवद्धता विज्ञप्तिमा उल्लेख छ ।

1000064198-1738902020.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज