नेभिगेशन
समाज

रुकुम पूर्वका लब पुन काठमाडौंमा पक्राउ

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले बैंकिङ कसुर मुद्दामा फरार एक कसुरदारलाई पक्राउ गरेको छ । 

प्रहरीले जिल्लाको भूमे गाउँपालिका वडा नम्वर २ निवासी लब पुनलाई पक्राउ परेको हो । प्रहरी नायब उपरीक्षक माधव प्रसाद खरेलका अनुसार जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वी भागबाट खटिएको प्रहरी टोलीले पुनलाई काठमाडौंको बालाजु बसपार्कबाट शुक्रबार दिउँसो पक्राउ गरेको हो । 

पुन बिरुद्ध दुई वटा भिन्नाभिन्नै बैंकिङ कसुर मुद्दा रहेकोमा पाटन उच्च अदालतको कसुरदार ठहर गरेको थियो । अदालतले पुनलाई दुई दिन कैद र दुई लाख जरिवानाको फैसला गरेको थियो । फैसलापछि फरार पुनलाई काठमाडौमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले अदालतको फैसला कार्यान्वयनको क्रममा पुनलाई पक्राउ गरेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज