नेभिगेशन
घटना/दुर्घटना

दाङ जाँदै गरेको जिप त्रिवेणीमा दुर्घटना हुँदा आमाको मृत्यु, दुई बच्चा घाईते

रोल्पाको माडी गाउँपालिकाको घर्तीगाउँ देखि दाङ तर्फ जादै गरेको  लु १ च ९४०६ नम्बरको बोलेरो गाडी त्रिवेणी गाउँपालिका -७ गाङमा रोल्पामा दुर्घटना भएको छ । 

शुक्रबार दिउँसो भएको गाडि दुर्घटनामा परेर एक महिलाको मृत्यु भएको छ भने उहाँका दुई बच्चा घाईते भएका छन् । 

मृत्यु हुनेमा रुकुम पश्चिको त्रिवेणी गाउँपालिका -७ माईती घर हुनुभएकी रोल्पाको गंगादेव गाउँपालिका २ निवासी २९ वर्षीया सीता खड्का रहेको गैरीगाउँ स्वास्थ्य चौकी तिलाले जानकारी दिएको छ । जिपमा पाँच जना सवार रहेको र दुई बच्चा घाईते भएको बताईएको छ । दुवै घाईते बच्चा मृतक खड्काको रहेका छन् । एक ३ वर्ष र एक १८ महिनाको बच्चा घाईते भएका हुन् । 

घाईते दुवै बच्चालाई स्थानीय गैरीगाउँ स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारको लागि रोल्पा जिल्ला अस्पताल रिफर गरिएको छ । 

गाडि चालक र सह चालक फरार रहेको बताईएको छ । प्रहरीले फरार व्यक्तिहरुको खोजी कार्य गर्नका साथै दुर्घटनाको कारणबारे अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना