नेभिगेशन
समाज

चौरजहारीमा नहरमा डुबेर एक महिलाको मृत्यु

रुकुम पश्चिमको चौरजहारीमा नहरमा डुबेर एक महिलाको मृत्यु भएको छ ।

चौरजहारी नगरपालिका वडा नम्बर २ निवासी अन्दाजी २१ वर्षीय धनकुमारी कुमालको शुक्रबार बिहान घर नजिकैको नहरमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार आज बिहान घर नजिकैको टार सिंचाईको नहरमा सिमेन्टको बोरा धुन भनेर गएकी कुमाल नहरमै डुबेको अवस्थामा भेटिएकी थिईन्। 

अचेत अवस्थामा फेला परेकी कुमाललाई उपचारका लागि चौरजहारी अस्पताल लिईएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाई छ । 

मृतक कुमालको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ।

प्रहरी निरीक्षक पाठकले पोस्टमार्टमपछि घटनाको थप विवरण खुल्ने जानकारी दिनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज