नेभिगेशन
समाज

भेरी नदिमा छोरा बेपत्ता, किनारमा आमाबाको बिलौना

'सरकारले बेपत्ताको खोजीमा ध्यान दिएन, काम लगाएको ठेकेदार सम्पर्कमा आएन'

सुर्खेतमा झोलुङ्गे पुल निर्माणको क्रममा रुकुम पूर्वका दुई युवा गत बुधबार दिउँसो भेरी नदिमा खसेर बेपत्ता भए । कामको खोजीमा रुकुम पूर्वको सिस्ने गाउँपालिका २ बाट सुर्खेत पुगेका युवा नदिमा बेपत्ता भएको खबरपछि बेपत्ताका आमाबासहित करिब ३०–३५ जना आफन्तजन भेरी नदि किनारमा पुगेका छन् । 

बेपत्ता भएका मध्य २४ वर्षीय अनिल घर्तीको शव बिहिबार फेला पर्यो । तर अहिलेसम्म पनि १८ वर्षीय अर्जुन झाँक्रि मगरको शव फेला परेको छैन । घर्तीको शव खसेको भन्दा ४० मिटरको गहिराईमा अड्किएको अवस्थामा फेला परेको हो । परिवारले अझैसम्म शव बुझेका छैनन् । 

Bepattako-aama-(1)-1739010838.jpgभेरी नदिका दुई किनार जोड्ने पुलको लट्ठा तान्ने क्रममा दुई युवा भेरीमै खसे । यहि भेरी किनारमा चार दिन देखि बेपत्ता अर्जुनको खोजीमा उहाँका बुवाआमा र आफन्तजन भौतारिएका छन् । नदि किनारमा कान्छो छोराको सास भेटिने आशा मारेर बिनौला गरिरहेकी आमा गंगा झाक्रि बेलाबेला बेहोस बन्नुहुन्छ ।

नदिमा हाम्फाल्न खोज्नुहुन्छ, आफन्तले सम्हालेका छन् । आमा गंगा बर्बराउँदै भन्नुहुन्छ, ‘बिदेश जान्छु भन्दा देशमै काम गर भनेर जान दिएनौ, अहिले यो अवस्था आयो । छोरा कहाँ होला, कस्ले खोजिदेला ?’ उहाँको बिलौनाले साथमा रहनुभएका पति बेगबहादुर र आफन्तजन थप विक्षिप्त बनेका छन् ।

अर्जुनका बुवा बेगबहादुरले छोराको खोजीमा सरकारले लापरबाहि गरिरहेको गुनासो गर्नुभएको छ । छोरा खोजीपाउँ भन्दै बिन्ती गर्दा पनि सशस्त्र प्रहरीको गोताखोर टोली फर्किएर गएको उहाँको भनाई छ । सुर्खेतमै रहेको प्रदेश सरकार, संघ अन्तर्गतको प्रहरी संयन्त्रले रुकुमपूर्वको गरिब मान्छेको गुहार नसुनेको उहाँको भनाई छ । 

Bepattako-buwa-1739010837.jpgबेपत्ताका आफन्तको साथमै खोजी कार्यमा रहनुभएका रुकुमपश्चिमको आठबिसकोट नगरपालिका –१ का वडा अध्यक्ष देवबहादुर घर्तीले नदिमा हराएका युवा खोज्न सरकारले वेवास्ता गरेको बताउनुभयो ।

उहाँले पुल निर्माणको जिम्मा लिएको ठेकेदार समेतले अटेरी गर्दै पीडित परिवारको सम्पर्कमै नआएको बताउनुभयो । काम खोज्दै सुर्खेत पुगेको युवा नदिमा हराउँदा जिम्मेवार निकायले चरम लापरबाही गरेको र पीडित परिवारलाई थप पीडा भईरहेको उहाँको भनाई छ । 

सरकारले बेपत्ताको तत्कालै खोजी गर्नुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने मृतक तथा बेपत्ताका आफन्तजनहरुको माग रहेको छ । चिसो सिरेठोमा छोराको बियोगमा तड्पिएका बुढाबुढीको स्वास्थ्य अवस्था समेत नाजुक बन्दै गएको बताईएको छ ।

सुर्खेतको बराहताल गाउँपालिका–४, कुटा र पञ्चपुरी नगरपालिका–१४, जोड्ने भेरी नदीमाथि झोलुङ्गे पुल निर्माणको काम गर्दै गरेका अनिल र अर्जुन भेरी नदीमा खसेर बेपत्ता भएका थिए । 

Nadi-kinar-ma-aafanta-(3)-1739010840.jpg

Nadi-kinar-ma-aafanta-(2)-1739010840.jpg

Nadi-kinar-ma-aafanta-(1)-1739010837.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज