नेभिगेशन
राजनीति

निजामती कर्मचारी युनियन रुकुम पश्चिमको अध्यक्षमा जोगेन्द्र पुन सर्वसम्मत

आधिकारिक ट्रेड युनियनको अध्यक्षमा डिल्ली ओली

नेपाल निजामती कर्मचारी युनियन रुकुम पश्चिमको नवौं जिल्ला अधिवेशन सम्पन्न भएको छ।

शनिबार मुसिकोटमा भएको जिल्ला अधिवेशनबाट जोगेन्द्र पुनको अध्यक्षतामा जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरिएको छ।

युनियनको उपाध्यक्षमा राजेन्द्र बिसी, लीला शर्मा र तिलक बहादुर घर्ती, सचिवमा प्रेम प्रकाश खड्का, सहसचिवमा एक्क बहादुर केसी र कोषाध्यक्षमा कल्पना बुढामगर चयन हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा वीरबहादुर ओली, ठगेन्द्र केसी, वीरेन्द्र खड्का, सफलराज पुन, पशुपति शर्मा, जयबहादुर थापा, ताराबहादुर गिरी, जयमति बिष्ट केसी, लक्ष्मी खड्का ओली र डिल्लीबहादुर खड्का सर्वसम्मत चयन हुनुभएको छ।

निर्वाचन अधिकृत डम्बर खड्काका अनुसार अधिवेशनबाट प्रदेश प्रतिनिधि पनि सर्वसम्मत चयन गरिएको छ। प्रदेश प्रतिनीधिहरूमा खटकलाल नेपाली, लोकेन्द्र ओली, रामबहादुर केसी, रुपा थापा र ध्रुवकुमार बाठामगर चयन हुनुभएको छ। 

महाधिवेशन प्रतिनिधिमा देवबहादुर ओली, ,नरेन्द्र बुढमगर, यामबहादुर केसी, कमला मल्ल र कमल केसी चयन हुनुभएको छ । 

यसैगरी आधिकारिक ट्रेड युनियन रुकुम पश्चिमको अध्यक्षमा डिल्लीबहादुर ओलीलाई सहमति गरिएको छ । 

1000064481-1739024928.jpgनेपाल निजामती कर्मचारी युनियन रुकुम पश्चिम शाखाका अध्यक्ष देवबहादुर ओलीको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन सत्रमा युनियनका केन्द्रीय सदस्य लक्ष्मण शाहको प्रमुख आतिथ्यता रहेको थियो। अधिवेशनमा नेपाली कांग्रेसका जिल्ला उपसभापति हर्कसिंह खत्री र नेपाल निजामती कर्मचारी युनियन रुकुम पूर्वका अध्यक्ष बलबहादुर केसीको विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव परमेश्वर भण्डारी, मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, बाँफीकोट गाउँपालिकाका अध्यक्ष जनककुमार बाठा, नेपाली कांग्रेसका नेता नन्द बहादुर बिष्ट, कोषाध्यक्ष मोहवीर खड्का, सहसचिव यज्ञबहादुर बिष्ट लगायतको आतिथ्यता रहेको थियो।

युनियनका जिल्ला उपाध्यक्ष यामबहादुर केसीले स्वागत गर्नुभएको उद्घाटन सत्रको सञ्चालन सचिव कमल केसीले गर्नुभएको थियो। 

1000064482-1739024924.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति