Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

थवाङ जाँदै गरेको बस दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु

tribeni2

रोल्पा / रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

घोराहीबाट थवाङ्ग जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका वडा नं। ४ तार्केबाङस्थित सहिद मार्गदेखि माडी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी नरेशराज सुवेदीले जानकारी दिनुभयो।

‘घाइतेहरुलाई उद्धार गरेर जिल्ला अस्पतालमा ल्याइएको छ। घटनास्थलमा उद्धारको काममा प्रहरी र स्थानीय बासिन्दा परिचालित छन्, 'डिएसपी नरेशराज सुवेदीले भन्नुभयो, ‘बस करिब एक सय फिट तल माडी नदीमै खसेको छ।’

बसमा १८ जना यात्रु सवार भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। बस कसरी दुर्घटना भयो भन्नेबारेमा अहिलेसम्म जानकारी प्राप्त नभएको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार बिहीबार साँझ सवा ६ बजेतिर बस दुर्घटना भएको हो। घटनाको विस्तृत विवरण आउन बाँकि रहेको जनाईएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  १९:११
प्रतिक्रिया दिनुहोस्