नेभिगेशन
समाज

आठबिसकोटमा चुल्होमा परेर जलेका ६ महिने बालकको मृत्यु

रुकुम पश्चिममा घरकै चुल्होमा परेर जलेका एक नाबालकको मृत्यु भएको छ । 

जिल्लाको आठबिसकोट नगरपालिका १३ पाखापानी निवासी बिमला सिङका ६ महिनाको छोरा बिन्दास पुन मगरको उपचारको क्रममा मृत्यु भएको हो । 

नाबालक पुन आज बिहान घरमा कोहि नभएको बेला चुल्होमा परेर पोलिएका थिए । गम्भिर घाईते अवस्थाका नाबालकलाई उपचारको लागि चौरजहारी अस्पताल ल्याइएको बेला मृत्यु भएको हो । 

मृतक नाबालकका आमा बिमलाका अनुसार आफू कामको बेला भान्साको बाहिर निस्केको बेला बच्चा चुल्होमा परेर घाईते भएका थिए । 

मृतक बालकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्ले ल्याईदै गरेको बताईएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज