नेभिगेशन
घटना/दुर्घटना

कुम्भमेला जाँदै गरेको बस बबईमा दुर्घटना

सुर्खेतको वीरेन्द्रनगरबाट तिर्थयात्री बोकेर भारतको प्रयागराज कुम्भमेला जाँदै गरेको बस बबई नजिक दुर्घटनामा परेको छ।

सुर्खेतको भेरीगंगा नगरपालिकाको बबई नजिक भे १ ख ४३३१ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी  कार्यालय  सुर्खेतका उपपरीक्षक रूपेश खड्काले जानकारी दिनुभयो। 

उहाँका अनुसार महाकुम्भ मेलामा जान लागेको बस आइतबार साँझ साढे पाँच बजेतिर दुर्घटनामा परेको हो। बसमा करिब ४० जना यात्रु सवार थिए। घाइते उद्दारकार्य भइरहेको प्रहरीले जनाएको छ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना