नेभिगेशन
समाज

मुनलाइटमा  फुड फेष्टिवल : विद्यार्थीकै लगानी, विद्यार्थीकै आम्दानी

रुकुमपश्चिमको मुसिकोट नगरपालिका –५ मा रहेको न्यू मुनलाइट सेकेन्डरी बोर्डिङ्ग स्कुलले विद्यालय हातामा शैक्षिक सामाग्री प्रदर्शनी तथा फुड फेष्टिवल (खाद्य मेला) सञ्चालन गरेको छ । 

सोमबार विद्यालयले उक्त कार्यक्रम सञ्चालन गरेको हो । उक्त कार्यक्रममा बालबालिकाहरुले तयार पारेका शैक्षिक सामाग्रीहरुको प्रदर्शनी गरिनुका साथै विद्यार्थीहरुले नै तयार गरेका विभिन्न खाद्य वस्तुहरु बिक्रि गरिएको छ । 

विद्यालयका प्रिन्सिपल खड्क बहादुर कुवँरका अनुसार विद्यालयमा अध्ययनरत कक्षा नर्सरी देखि कक्षा ५ सम्मका विद्यार्थीहरुको शैक्षिक प्रदर्शनी मेला र कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुको सहभागितामा फुड फेष्टिवल गरिएको हो । 

विद्यार्थीहरुकै लगानी र व्यवस्थापनमा मेला आयोजना गरिएको प्रिन्सिपल कुवँरले जानकारी दिनुभयो । उहाँका अनुसार यो कार्यक्रम जिल्लामै पहिलो पटक गरिएको हो । मेलामा विभिन्न १५ वटा स्टलहरु राखिएको छ । स्टलमा विद्यार्थीहरु आफैले लगानी गरेर विभिन्न परिकारहरु बनाउँदै बिक्रि गर्ने गरेका छन् ।

moon-light-svchool-(6)-1739183447.jpgयसका लागि विद्यालयले केहि दिन तयारीमा सहयोग गरेको थियो भने मेलामा स्टल व्यवस्थापनमा सहयोग गरेको छ । आज दिनभर मेला सञ्चालन हुने र बिक्रि भएको खाद्य सामाग्रीको हिसाब संकलन गरेर विद्यार्थीहरुले आम्दानीको रुपमा लिने प्रिन्सिपल कुवँरले उल्लेख गर्नुभयो ।

बालबालिकाहरुको सीप विकास, स्वरोजगारको लागि उत्प्रेरणा र पौराणीक सामाग्रीहरुको उपयोगिता बारे जानकारी दिन विद्यालयले उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ । यसका साथै किताबी ज्ञानलाई व्यवहारिक बनाउन र व्यवसायीक शैली सिकाउन पनि शैक्षिक प्रदर्शनी तथा खाद्य मेला आयोजना गरिएको हो । 

moon-light-svchool-(1)-1739183437.jpgविद्यालयका संस्थापक तथा शिक्षक शरद गौतमका अनुसार बालबालिकाहरुले संकलन गरेका घरायसी सामाग्रीहरु पनि शैक्षिक प्रदर्शनीमा राखिएको छ । उनीहरुले पुराना घरायसी सामाग्रीहरु हलो, जुवा, हुन्नो, सुपो, डोका, डाला, मान्द्रो लगायतका सामाग्रीहरु पनि प्रदर्शनी राखेका छन् ।

खाद्य मेलामा विभिन्न १५ प्रकारका खाद्य सामाग्रीहरु प्रदर्शनी तथा बिक्रि गरिएको छ । विद्यार्थीहरुलाई १५ समुहमा विभाजन गरेर उक्त सामाग्रीहरु तयार गरिएको हो । मःम, चाउमिन, ललिपप, समोसा, सलाद, जुस, फलफूलका परिकार, सेलरोटी लगायतका खाद्य सामाग्रीहरु स्टलमा तयार गरेर बिक्रि गरिएको छ । शिक्षक गौतमले बालबालिकाको लगानीमा तयार गरिएका सामाग्रीहरुबाट विद्यार्थीहरुले आम्दानी गर्ने बताउनुभयो । 

moon-light-svchool-(5)-1739183445.jpg

moon-light-svchool-(4)-1739183440.jpg

moon-light-svchool-(3)-1739183441.jpg

moon-light-svchool-(2)-1739183437.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज