नेभिगेशन
राजनीति

समाजवादी प्रेस संगठन रुकुम पश्चिमको अध्यक्षमा भरत चन्द

समाजवादी प्रेस संगठन नेपाल रुकुम पश्चिमको अध्यक्षमा भरत चन्द चयन हुनुभएको छ । 

सोमबार मुसिकोटमा भएको संगठनकाे भेलाबाट चन्दको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कमिटी निर्माण भएको हो ।

संगठनको खुला उपाध्यक्षमा प्रकाश शर्मा, महिला उपाध्यक्षमा आँचल मल्ल, सचिवमा तुलसा मल्ल, सह सचिवमा रमण परियार र कोषाध्यक्षमा सन्तोष परियार चयन हुनुभएको छ । 

त्यसैगरी सदस्यहरुमा तुला मल्ल, धिरेन्द्र परियार र संगिता मल्ल सर्वसम्मत चयन हुनुभएको छ । 

नेकपा (एकिकृत समाजवादी) रुकुम पश्चिमका ईन्चार्ज देवी ओलीको प्रमुख आतिथ्यतामा भएको भेलामा समाजवादी प्रेस संगठन नेपाल केन्द्रीय सचिवालय सदस्य अमरराज पुन र पार्टीका केन्द्रीय कमिटी सदस्य तथा रुकुम पश्चिम सह इन्चार्ज बिमल कुमार पुनको बिशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पार्टीका जिल्ला सचिव सुरज कुमार परियार, जिल्ला कमिटी सदस्य दल बहादुर परियार, अनेरास्ववियू रुकुम पश्चिमका जिल्ला अध्यक्ष रमेश मल्लको आतिथ्यता रहेको थियो । 

भेलाले यही फागुन ३ र ४ गते काठमाडौँमा हुन गइरहेको समाजवादी प्रेस संगठन नेपालको राष्ट्रिय भेलालाई भव्य रुपमा सफल पार्न महत्त्वपूर्ण निर्णय समेत गरेको केन्द्रीय सचिवालय सदस्य अमरराज पुनले जानकारी दिनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति