नेभिगेशन
खेल

सातौं मौराखारा गुरिल्ला म्याराथनको तयारी पुरा

जनयुद्ध दिवसको अवसरमा रुकुम पश्चिममा हरेक वर्ष हुँदै आएको गुरिल्ला म्याराथनको तयारी पुरा भएको छ । 

सानीभेरी गाउँपालिकाको अगुवाईमा फागुन १ गते हुँदै आएको मौराखारा गुरिल्ला म्याराथनको सातौ संस्करणको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । 

म्याराथन व्यवस्थापक युवा तथा खेलकुद विकास समिति सानीभेरी गाउँपालिकाले बेल्टापुस्थित रंगशालामा सातौ राष्ट्रिय मौराखारा गुरिल्ला म्याराथन हुने जनाएको छ । 

समितिका सचिव बाल कुमार नकालका अनुसार म्याराथनमा पुरुष तर्फ र महिला तर्फ गरि छुट्टाछुट्टै ४८ किलोमिटर र ३४ किलोमिटर दौडसँगै अन्य विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । समाजवाद उन्मुख समृद्दिको पहिलो आधार, उत्पादन र पूर्वाधार सहितको शिक्षा स्वास्थ्य र रोजगार भन्ने मुल नाराका साथ म्याराथन आयोजना गरिएको हो । 

म्याराथनमा पुरुषतर्फको प्रथम पुरस्कार एक लाख, द्वितीयले ७५ हजार, तृतिय ४५ हजार र चौथो पुरस्कार १५ हजार र दसौ जना आउनेसम्मको लागि तीन तीन हजारका दरले व्यवस्था गरिएको समितिले जानकारी दिएको छ ।

त्यस्तै महिला तर्फ प्रथमले ६० हजार, द्वितीयले ४० हजार र तृतीयले २० हजार पुरस्कार प्राप्त गर्नेछन् । चौथो हुनले १० हजार पुरस्कार प्राप्त गर्दा दशौँ स्थानसम्म हाँसिल गर्ने धावकले समान तीन हजार पुरस्कार प्राप्त गर्ने बताइएको छ । गुरिल्ला म्याराथनलाई गत वर्ष देखि राष्ट्रिय खेलकुद परिषद् राखेपले आफ्नो वार्षिक क्यालेन्डरमा समावेश गर्नुका साथै प्रतियोगिताका लागि सहयोग समेत गर्दै आएको छ ।

धावकहरुलाई पुरस्कार, प्रमाण पत्र र मेडलको समेत व्यवस्था गरिएको छ ।  दिइने आयोजक सानीभेरी गाउँपालिका रुकुम पश्चिमले बताएको छ ।

सानीभेरी गाउँपालिका रुकुम पश्चिमको आयोजना हुने म्यााथन राष्ट्रिय खेलकूद परिषद नेपालको सहयोग र यूवा खेलकूद विकास समिति सानीभेरी गाउँपालिकाको व्यवस्थापनमा हुनेछ । सातौ राष्ट्रिय मौराखारा गुरिल्ला म्याराथनको उद्घाटनमा पूर्व अर्थमन्त्री एवम् जिल्ला प्रतिनिधि सभा सदस्य जर्नादन शर्मा, पूर्व पर्यटनमन्त्री सुदन किँराती आउनु हुने भएको जनाईएको छ ।

यस अवसरमा हुने बृहत साँस्कतिक कार्यक्रममा राष्ट्रिय नाच घरका महाप्रबन्धक किरणबाबु पुन, कलाकारहरु तिलक परियार, झँकार बुढा, डिल्ली परियार लगायत स्थानीय कलाकारहरुको समेत प्रस्तुती हुने आयोजकले बताएको छ ।

म्याराथनमा सहभागी धावकहरूलाई गाउँपालिकाको वडा नम्बर ३ को बेल्टापुबाट जनयुद्धमा माओवादी सेनाले सैन्य तालिम सञ्चालन गरेको मौराखारा लेकसम्म दौडाउने गरिएको छ । पुरुष तर्फ ४८ किलोमिटर दुरीमा म्याराथन सञ्चालन गर्ने गरिएको छ । महिला तर्फको दुरी भने ३४ किलोमिटर तय गरिएको छ ।

534b5d52-fcdb-4f0c-a294-0fcb0e6c8ecd-1739251010.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेल