नेभिगेशन
समाज

रुकुम पूर्वमा हजुरआमा र नातिको हत्या आरोपी पनि मृत फेला

रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ४ मा एका घरका दुई जनाको हत्या भएको छ भने हत्या आरोपीको पनि शव फेला परेको छ । 

साकीम गाउँकी ६० वर्षीय ढाटी बुढा र उहाको नाति ८ महिनाको समिर बुढाको खुकुरी प्रहार गरि हत्या भएको हो भने हत्या आरोपी सोही गाउँका ५१ वर्षीय चन्द्रसिङ पुनको पनि शव भेटिएको हो । पुनले दुई जनालाई खुकुरी प्रहार गरेर हत्या गरेपछि आफूले आत्महत्या गरेको बताईएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डिएसपी माधवराज खरेलका अनुसार हत्या गरेर फरार चन्द्रसिङ पुनलाई पनि खोजतालसका क्रममा खुलखुले खोलामा मृत अवस्थामा फेला पारिएको हो । पुनको टाउकोमा चोट लागेको बताइएको छ ।

अहिले घटनास्थलमा प्रहरी पुगेको छ भने अनुसन्धान पछि थप कुरा खुल्ने बताईएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज