नेभिगेशन
समाज

भलाक्चाका दलसुर सम्पर्कविहिन, खोजीका लागि आग्रह

रुकुम पश्चिमका एक जेष्ठ नागरिक घरपरिवारबाट सम्पर्कविहिन हुनुुभएको छ । 

जिल्लाको मुसिकोट नगरपालिका ११ रामपाछाका ७५ बर्षीय दलसुर घर्ती मंगलबार बिहानबाट सम्पर्कविहिन हुनुभएको हो । 

घर्तीका छोरा मीन बहादुर घर्तीका अनुसार उहाँ घर परिवारको जानकारी बिनै एक्कासी घरबाट निस्कनु भएको थियो । दिनभर खोजतलास गर्दा पनि केहि पनि पत्तो नलागेको उहाँले जानकारी दिनुभयो । 

घरबाट निस्किनु भएका बुवा अहिलेसम्म पनि परिवारको सम्पर्कमा नरहेको र कसैले भेटे वा देखेमा नजिकको प्रहरी कार्यालय वा ९८४७९१२८१६ नम्वर मा सम्पर्क गरिदिन उहाँले अनुरोध गर्नुभएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज