नेभिगेशन
समाज

विजयश्वरीमा न्यायिक सम्वाद सम्पन्न

रुकुम जिल्ला अदालतले मुसिकोट नगरपालिका -१ खलंगामा रहेको विजयश्वरी सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुलमा न्यायिक सम्वाद कार्यक्रम सम्पन्न गरेको छ । 
विद्यालयस्तरमा कानून तथा न्याय सम्बन्धि जानकारी गराउने उद्धेश्यका साथ अदालतले उक्त कार्यक्रम गरेको हो । 

विद्यालयका प्रिन्सिपल जय बहादुर थापाका अनुसार कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई उक्त सम्वादमा सहभागि गराईएको छ । 

विद्यार्थीहरूलाई विभिन्न क्षेत्रमा हुने कानुनी अपराध र अधिकारको बारेमा जानकारी गराउनुका साथै फौजदारी र देवानी कानुन, साइबर अपराध, बाल विवाह लगायतका कानुनी विषयका बारेमा जानकारी गराईएको छ । 

477123228_502410936239804_3245180509312487996_n-1739294114.jpgउक्त कार्यक्रममा जिल्ला न्यायधीस राम प्रसाद बस्याल, जिल्ला न्यायाधिवक्ता चन्द्रबहादुर सिंजाली, रुकुम जिल्ला अदालतका सूचना अधिकारी गोविन्द प्रसाद कोइराला, जिल्ला बार एशोसियसन अध्यक्ष रत्न बहादुर खड्का, अदालतका तहसिलदार लाल बहादुर खत्री, रूकुम जिल्ला अदालतका नायब सुब्बा लक्ष्मण शाहको उपस्थिति रहेको थियो । 

कार्यक्रममा विद्यालयका प्रिन्सिपल जय बहादुर थापा , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिता कुमाई भण्डारी, कम्पनी सञ्चालक हर्क बहादुर भण्डारी, शिक्षक तथा विद्यार्थीहरूको समेत उपस्थिति रहेको थियो । 

कार्यक्रम निकै फलदायी भएको र कक्षा ११ को कानून संकायमा अध्ययनरत विद्यार्थीहरुले जिल्ला न्याधीस समक्ष विभिन्न कानूनी सवालमा सम्वादको अवसर पाएको प्रिन्सिपल थापाले जानकारी दिनुभयो । 

476629864_502410799573151_1363382200406831438_n-1739294112.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज