नेभिगेशन
समाज

मुसिकोटमा मापदण्ड विपरित पेट्रोलियम पदार्थको विक्रि वितरण, चार पसलमा तालाबन्दी

रुकुम पश्चिमको जिल्ला सदरमुकाम मुसिकोटका विभिन्न स्थानमा मापदण्ड विपरित पेट्रोलियम पदार्थको विक्रि वितरण हुने गरेको पाईएको छ । 

जिल्ला प्रशासन कार्यालयले बुधबार गरेको अनुगमनका क्रममा मापदण्ड विपरित पेट्रोलियम पदार्थको विक्रि वितरण भएको पाईएको हो । अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार चार वटा पसल अनुगमन गर्दा चारवटै मापदण्ड विपरित सञ्चालन भएको पाईएको हो । 

यी व्यवसायीहरु मध्य कसैको फर्म नै दर्ता नगरेर सटरबाट बिक्रि गर्ने गरेको, कसैले अरुकै फर्म देखाएर काम चलाउ रुपमा कागजात देखाएर पेट्रोलियम पदार्थको विक्रि वितरण गर्ने गरेको पाईएको हो । 

मुसिकोट नगरपालिका ५ सेरीगाउँमा प्रकाश बुढाले सञ्चालन गरेको पसल, वडानम्वर १ को बागबजारमा सञ्चालित समृद्धि आयलस्टोल, दाजुभाई मोटर पार्टस एण्ड सप्लासर्य र पातुखोलामा दिपक पुनले सञ्चालन गरेको पसलमा अनुमन गरिएको हो ।  

सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीले नियम विपरित सञ्चालन भएको पाईएपछि चारवटै पसललाई तीन दिनभित्र पेट्रोलियम पदार्थको आवश्यक व्यवस्थापन गर्नेगरी तालाबन्दी गरिएको बताउनुभयो । दुई वटा पसललाई १५ हजार रुपियाँ जरिवाना समेत गरिएको उहाँले जनाउनुभयो । 

प्रशासन कार्यालयले उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको समन्वयमा बजार अनुगमन गरेको हो । अनुगमनमा सहायक प्रजिअ रेग्मी, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख रमेश ओली, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठक, गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष भिमराज ओली, राष्ट्रिय अनुसन्धान विभागका अरुण रेग्मी, पत्रकारहरु लगायतको सहभागिता रहेको थियो । 

476386053_1664021737873247_7630308750801278014_n-1739361010.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज